NIMB Header 2
Nepal Life

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Sep 02 05:52
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग
United Ajod

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

Nepal Life
NIMB

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति हुनुका साथै नागरिकको दैनिक जीवनसमेत प्रभावित भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विपद्बाट प्रभावित नागरिक तथा समुदायको सहयोगमा सरकारमार्फत सञ्चालन हुने खोजी, उद्धार, राहत र पुनःस्थापना कार्यमा योगदान पु¥याउने उद्देश्यले सहयोग गरिएको हो।

यसैबीच, सिटी एक्सप्रेसले बाढी आएको दिनदेखि नै विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको जनाएको छ।

कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, विपद्को समयमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति कृतज्ञता व्यक्त गरेको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत २० वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आएको छ। कम्पनीले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया