मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघबीच व्यावसायिक सम्झौता
- BFIS News
- 2026 Sep 02 14:38
काठमाडौं । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ–नेपालबीच ढुवानी व्यवसायीका लागि सवारीसाधन खरिद तथा व्यवसाय सञ्चालनका लागि आवश्यक कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपालभर सामान ढुवानी सेवा प्रदान गरिरहेका व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ–नेपालमा आबद्ध सदस्यहरूको व्यवसाय सञ्चालनलाई सहज बनाउने उद्देश्यले उक्त समझदारी गरिएको हो।
समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ढुवानी व्यवसायी महासंघ–नेपालका अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार महासंघमा आबद्ध सदस्यहरूले ढुवानी व्यवसायका लागि आवश्यक पर्ने जुनसुकै ब्रान्डका सवारीसाधन खरिद गर्न तथा सोसम्बन्धी व्यवसाय सञ्चालनका लागि मुक्तिनाथ विकास बैंकका १७६ वटै शाखा कार्यालयमार्फत सहुलियत ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।
बैंक र महासंघबीचको यस सहकार्यले ढुवानी व्यवसायीलाई सेवा विस्तारका लागि सहज रूपमा वित्तीय स्रोत उपलब्ध गराउने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, मुक्तिनाथ विकास बैंकले अटो कर्जा, कृषि कर्जा तथा एसएमई कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष अफर सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार उक्त सहकार्यले ढुवानी व्यवसायमा संलग्न सदस्यहरूलाई आवश्यक वित्तीय सेवा प्राप्त गर्न थप सहजता प्रदान गर्नेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया