NIMB Header 2
Nepal Life

विपद् प्रभावितका लागि नेको इन्स्योरेन्सको ३५ लाख सहयोग

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 03 05:08
विपद् प्रभावितका लागि नेको इन्स्योरेन्सको ३५ लाख सहयोग
United Ajod

काठमाडौं । विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेको इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ।

Nepal Life
NIMB

कम्पनीले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा उपलब्ध गराएको हो।

नेको इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगले विपद्बाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन विभिन्न क्षेत्रबाट सहकार्य र सहयोग भइरहेका बेला इन्स्योरेन्स कम्पनीले पनि उद्धार तथा पुनःस्थापनाको अभियानमा साथ दिएको हो। कम्पनीले विपद्का समयमा प्रभावित समुदायको सहयोगमा सहकार्य र साथ दिनु साझा जिम्मेवारी भएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया