महालक्ष्मी विकास बैंक र दराजबीच ११.११ अभियानमा सहकार्य, कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
- BFIS News
- 2026 Nov 03 12:37
काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालले ११.११ अभियानलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई विशेष छुट उपलब्ध गराउने भएका छन् । यसका लागि दुई संस्थाबीच सहकार्य भएको छ ।
सहकार्यअनुसार २०८३ कात्तिक १५ देखि २५ गतेसम्म महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्ने ग्राहकले विशेष छुट पाउनेछन् ।
योजनाअन्तर्गत डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकमको १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ । त्यसैगरी, क्रेडिट कार्डबाट भुक्तानी गर्दा खरिद रकमको २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट उपलब्ध हुनेछ ।
उक्त छुट प्राप्त गर्न ग्राहकले दराजबाट सम्बन्धित भौचर संकलन गर्नुपर्नेछ । योजना अवधिमा सहभागी हुने ग्राहकलाई पहिलो आउनेलाई प्राथमिकता दिने आधारमा छुट उपलब्ध गराइने बैंकले जनाएको छ ।
विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको ११.११ अभियानलाई लक्षित गरी गरिएको यस सहकार्यले बैंकका डिजिटल भुक्तानी सेवाको प्रयोग विस्तार गर्न तथा ग्राहकलाई अनलाइन खरिदमा प्रोत्साहित गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । यसबाट डिजिटल माध्यमबाट ग्राहकसँगको सम्बन्ध विस्तार गर्नुका साथै भुक्तानी प्रक्रियालाई सहज र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)











प्रतिक्रिया