आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स नोक्सानीबाट नाफामा, पहिलो त्रैमासमा ३ करोड खुद नाफा
- BFIS News
- 2026 Nov 16 19:36
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नोक्सानीबाट नाफामा फर्किएको छ। गत आर्थिक वर्षको सोही अवधिमा २० करोड ७६ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको कम्पनीले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कम्पनीले सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार बीमा व्यवसाय विस्तार र कुल खर्चमा आएको कमीले नाफामा सुधार आएको हो। समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क २४ करोड १२ लाख रुपैयाँबाट बढेर ३४ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीको कुल आम्दानी २१.२८ प्रतिशतले बढेर ५५ करोड ८६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी ४६ करोड ७ लाख रुपैयाँ रहेको थियो। आम्दानी बढ्नुका साथै खर्च घटेपछि कम्पनीको वित्तीय अवस्थामा सुधार देखिएको हो।
समीक्षा अवधिमा कम्पनीको कुल खर्च २२.९० प्रतिशतले घटेर ५१ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल खर्च ६६ करोड ९४ लाख रुपैयाँ रहेको थियो।
बीमा व्यवसाय विस्तारसँगै कम्पनीको बीमालेख संख्या पनि उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५० हजार ८१७ वटा बीमालेख जारी गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा ७७ हजार ८९७ वटा बीमालेख जारी गरेको छ। त्यस्तै, नवीकरण गरिएको बीमालेख संख्या १७ हजार ७२९ बाट बढेर १७ हजार ८३२ पुगेको छ।
कम्पनीको नाफामा भएको सुधारसँगै प्रतिशेयर आम्दानी पनि ऋणात्मक अवस्थाबाट धनात्मक बनेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ रुपैयाँ ४१ पैसा ऋणात्मक रहेको प्रतिशेयर आम्दानी चालू आर्थिक वर्षको समीक्षा अवधिमा ४ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ४२ पैसा रहेको छ।
तीन अर्ब २ करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको कुल सम्पत्ति १५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको सोल्भेन्सी अनुपात ५.०४ गुणा रहेको छ। यसले कम्पनीको जोखिम बहन क्षमता जनाउँछ।
त्यस्तै, कम्पनीको प्रत्यक्ष बीमाशुल्क आर्जन ९८ करोड १६ लाख रुपैयाँबाट बढेर एक अर्ब ३२ करोड १७ लाख रुपैयाँ पुगेको छ। कुल बक्यौता दाबी रकम (आईबीएनआर र आईबीएनईआरसहित) ५ अर्ब ३३ करोड ५४ लाख रुपैयाँबाट बढेर ६ अर्ब ३० करोड ६० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, खुद बक्यौता दाबी रकम ८१ करोड ७५ लाख रुपैयाँबाट बढेर ८३ करोड ९० लाख रुपैयाँ पुगेको छ।
कम्पनीको लगानी संरचनामा भने कमी आएको छ। दीर्घकालीन लगानी एक अर्ब ५६ करोड ६८ लाख रुपैयाँबाट घटेर एक अर्ब ४३ करोड २ लाख रुपैयाँमा झरेको छ भने अल्पकालीन लगानी ३ अर्ब ३७ करोड ३६ लाख रुपैयाँबाट घटेर २ अर्ब ९२ करोड ४० लाख रुपैयाँ कायम भएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया