Siddartha Bank
Prabhu Mahalaxmi

शिखर इन्स्योरेन्स घाटाबाट नाफामा, प्रत्यक्ष बीमाशुल्क आर्जन ३४ प्रतिशत बढ्यो

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 16 21:01
शिखर इन्स्योरेन्स घाटाबाट नाफामा, प्रत्यक्ष बीमाशुल्क आर्जन ३४ प्रतिशत बढ्यो
United Ajod

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार यस अवधिमा ४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १५ करोड ८५ लाख रुपैयाँ घाटामा थियो।

Siddartha Bank
EBL
Nepal Life

गत वर्ष ठूलो रकम घाटा व्यहोरेको कम्पनीले एक वर्षको अवधिमै वित्तीय अवस्थामा सुधार गर्दै नाफा आर्जन गर्न सफल भएको हो। नाफामा सुधार आएसँगै कम्पनीको आम्दानी र बीमाशुल्क संकलनमा समेत वृद्धि देखिएको छ।

कम्पनीको कुल आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको ५३ करोड ९० लाख रुपैयाँबाट बढेर चालु आर्थिक वर्षमा ६३ करोड २४ लाख रुपैयाँ पुगेको छ। यो गत वर्षको तुलनामा १७.३३ प्रतिशतको वृद्धि हो। त्यस्तै, खुद बीमाशुल्क आम्दानी १३.७९ प्रतिशतले बढेर ३३ करोड ८ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

प्रत्यक्ष बीमाशुल्क आर्जन ३४ प्रतिशत बढ्यो

कम्पनीको प्रत्यक्ष बीमाशुल्क आर्जनमा पनि उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब ३२ करोड १७ लाख रुपैयाँ प्रत्यक्ष बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ९८ करोड १६ लाख रुपैयाँ थियो। यसअनुसार प्रत्यक्ष बीमाशुल्क आर्जन ३४.६४ प्रतिशतले बढेको छ।

व्यवसाय विस्तारसँगै कम्पनीको बीमालेख नवीकरणमा पनि सामान्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १७ हजार ८३२ वटा बीमालेख नवीकरण भएका छन्। गत वर्षको सोही अवधिमा १७ हजार ७२९ वटा बीमालेख नवीकरण भएका थिए।

बीमा दाबी भुक्तानी र दायित्व

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ हजार ३६५ वटा बीमा दाबी भुक्तानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३ हजार ३३० वटा दाबी भुक्तानी भएका थिए। यद्यपि, भुक्तानी हुन बाँकी दाबीको संख्या भने घटेको छ। गत वर्ष ९ हजार ५९८ वटा रहेको बाँकी दाबी संख्या चालु आर्थिक वर्षमा घटेर ८ हजार ९७० वटामा सीमित भएको छ।

तर, बीमा दाबीको अनुमानित दायित्व भने बढेको छ। IBNR र IBNER समेत समावेश गरिएको कुल बाँकी दाबी दायित्व ६ अर्ब ३० करोड ६० लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो दायित्व ५ अर्ब ३३ करोड ५४ लाख रुपैयाँ थियो। यसमा १८.१९ प्रतिशतको वृद्धि देखिएको छ।

त्यस्तै, खुद बाँकी दाबी दायित्व ८३ करोड ९० लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो रकम ८१ करोड ७५ लाख रुपैयाँ थियो। कम्पनीको अनर्जित बीमाशुल्क जगेडा २ अर्ब ७९ करोड २८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष २ अर्ब २५ करोड ८८ लाख रुपैयाँ रहेको यस्तो जगेडा २३.६४ प्रतिशतले बढेको हो।

कम्पनीको भूकम्प बीमाशुल्क जगेडा पनि गत वर्षको १ करोड २ लाख ९३ हजार रुपैयाँबाट बढेर २ करोड ६ लाख १४ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, मार्जिन ओभर बेस्ट एस्टिमेट ८ करोड २३ लाख रुपैयाँ पुगेको छ।

लगानी ४ अर्ब १८ करोड रुपैयाँ

कम्पनीको कुल लगानी लागत ४ अर्ब १८ करोड ६३ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी ४ अर्ब ८६ करोड ५४ लाख रुपैयाँ थियो।

कम्पनीको दीर्घकालीन लगानी १ अर्ब ४३ करोड २ लाख रुपैयाँ र अल्पकालीन लगानी २ अर्ब ९२ करोड ४० लाख रुपैयाँ रहेको छ। गत वर्ष दीर्घकालीन लगानी १ अर्ब ५६ करोड ६८ लाख रुपैयाँ र अल्पकालीन लगानी ३ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ थियो।

कुल सम्पत्ति २० अर्ब ५३ करोड रुपैयाँ

कम्पनीको कुल सम्पत्तिमा समेत उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा १७ अर्ब १७ करोड ६४ लाख रुपैयाँ रहेको कुल सम्पत्ति चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर २० अर्ब ५३ करोड ५४ लाख रुपैयाँ पुगेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब १० करोड १५ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ७४ पैसा र प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३० पैसा रहेको छ।

कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात भने गत वर्षकै स्तरमा ५.०४ कायम रहेको छ। समग्रमा बीमाशुल्क आर्जन, कुल आम्दानी, सम्पत्ति र नाफामा सुधार देखिए पनि बाँकी दाबीको कुल अनुमानित दायित्व बढ्नु कम्पनीका लागि ध्यान दिनुपर्ने पक्ष देखिएको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया