Siddartha Bank
Prabhu Mahalaxmi

विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाइने

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 28 19:27
विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाइने
United Ajod

काठमाडौं, मंसिर १२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई उपभोक्ताका लागि सहज बनाउने तयारी भइरहेको बताएका छन् ।

 

Siddartha Bank
EBL
Nepal Life

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा उनले चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याइएको विद्युत् महसुलको भ्याट व्यवस्थालाई सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताएका हुन् ।

विद्युत् महसुलमा भ्याट लगाउने व्यवस्थाले उपभोक्तामा आर्थिक भार थपिएको विषयमा सरकार जानकार रहेको उल्लेख गर्दै उनले आर्थिक ऐन संशोधनको प्रस्ताव आउने समयमा यसलाई सहज बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकलाई पाँच प्रतिशत भ्याट लाग्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

विद्युत् महसुलमा भ्याटसम्बन्धी व्यवस्थालाई सहजीकरण गर्ने विषयमा सरकारले सकारात्मक धारणा राखेको मन्त्रीको भनाइले आगामी आर्थिक ऐन संशोधनमा यस विषयले स्थान पाउन सक्ने संकेत गरेको छ ।

मन्त्री श्रेष्ठले एउटै नदीमा विद्युत् उत्पादनका लागि विगतमा धेरै आयोजनालाई जथाभावी अनुमति दिइएको पाइएको भन्दै त्यसलाई व्यवस्थित र नियमन गर्न मन्त्रालयले काम गरिरहेको पनि बताए ।

एउटै नदीमा धेरै आयोजना सञ्चालनका लागि अनुमति दिँदा नदीको प्राकृतिक बहाव प्रभावित भएको उल्लेख गर्दै उनले नदीलाई स्वतन्त्र रूपमा बग्न दिनुपर्नेमा जोड दिए ।

 

 

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया