साफा अवार्ड पाउने पहिलो नेपाली जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ
- BFIS News
- 2026 Nov 29 07:14
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (साफा) बाट सम्मानित हुने नेपालको पहिलो जीवन बीमा कम्पनी बनेको छ । कम्पनीले ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२५’ अन्तर्गत जीवन बीमा विधामा ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको हो ।
बंगलादेशको ढाकास्थित रेडिसन ब्लु वाटर गार्डेनमा २०८३ मंसिर १२ गते आयोजित पुरस्कार वितरण समारोहमा नेपाल लाइफलाई उक्त सम्मान प्रदान गरिएको हो । सम्मान ग्रहण गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मी समारोहमा सहभागी भएका थिए ।
नेपाल लाइफले यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट नेसनल बेस्ट प्रिजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड २०२५ अन्तर्गत ‘गोल्ड अवार्ड’ प्राप्त गरेको थियो । आइक्यानबाट प्राप्त उक्त उपलब्धिपछि वार्षिक प्रतिवेदनको मूल्याङ्कन तथा सिफारिसका आधारमा कम्पनीले साफाको अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको हो ।
साफाले दक्षिण एसियाली मुलुकका विभिन्न संस्थाका वार्षिक प्रतिवेदनको मूल्याङ्कन गरी उत्कृष्ट संस्थालाई सम्मान गर्दै आएको छ । मूल्याङ्कनका क्रममा वित्तीय सूचनाको गुणस्तर, विश्वसनीयता, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा अन्तर्राष्ट्रिय मापदण्डको पालनालगायतका पक्षलाई आधार बनाइन्छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो सम्मान नेपाल लाइफको मात्र नभई समग्र नेपाली जीवन बीमा क्षेत्रकै लागि गौरवको विषय भएको बताए । उनले पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत सुशासनप्रतिको निरन्तर प्रतिबद्धताको प्रतिफलका रूपमा यस उपलब्धिलाई लिएको बताए ।
उनले भने, “यस सम्मानले हामीलाई थप जिम्मेवार, उत्तरदायी र उत्कृष्ट बन्न प्रेरित गरेको छ । यो हामी सबैको जीत हो । यस यात्रामा निरन्तर विश्वास र सहयोग प्रदान गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”
विश्वास र उत्कृष्टताको २५ वर्षे यात्रा पूरा गरेको नेपाल लाइफले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय सम्मानले कम्पनीको वित्तीय पारदर्शिता तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई थप स्थापित गरेको छ ।
कम्पनीले आगामी दिनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, वित्तीय सुदृढता र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नेपालको जीवन बीमा क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया