नेरुडे मिर्मिरे लघुवित्तद्वारा कैलालीमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
- BFIS News
- 2026 Nov 29 07:23
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको नारायणपुर शाखामार्फत केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा केन्द्र प्रमुखहरूको भूमिका तथा जिम्मेवारी, नियमित बचतको महत्व, कर्जाको सदुपयोग, नियमित किस्ता भुक्तानी र वित्तीय अनुशासनलगायत विषयमा जानकारी तथा छलफल गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य सदस्यहरूको सक्रिय सहभागिता अभिवृद्धि गर्नुका साथै वित्तीय सचेतना र संस्थाप्रतिको अपनत्व विकास गर्नु रहेको संस्थाले जनाएको छ। वित्तीय कारोबारलाई व्यवस्थित बनाउने, बचत गर्ने बानीको विकास गर्ने र लिएको कर्जाको उचित उपयोग गर्ने विषयमा समेत सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो।
संस्थाका अनुसार यस्ता कार्यक्रमले सदस्यहरूमा आर्थिक सचेतना अभिवृद्धि गर्नुका साथै वित्तीय अनुशासन कायम गर्न र संस्थासँगको सम्बन्ध थप सुदृढ बनाउन सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, केन्द्र प्रमुख तथा सम्पूर्ण सदस्यहरूप्रति संस्थाले आभार व्यक्त गरेको छ। लघुवित्तले ‘सदस्यको समृद्धि, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया