Nepal Life

हिमालयन रिइन्स्योरेन्सको आइपिओमा पहिलो दिनमै ३ लाख ३७ हजारले दिए आवेदन

NMB Bank
  • BFIS News
  • 2023 Dec 13 17:15
हिमालयन रिइन्स्योरेन्सको आइपिओमा पहिलो दिनमै ३ लाख ३७ हजारले दिए आवेदन
National Life

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक शेयरमा पहिलो दिनमै तीन लाख ३७ हजारले ६० लाख ३० हजार कित्ताको लागि आवेदन दिएका छन् । सिडिएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्ममा कम्पनीको प्राथमिक शेयरमा एक अर्ब २४ करोडको आवेदन परेको हो । 

Shikhar
NIMB

कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी गरेको छ । प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गरेको हो ।

सो मध्ये २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गरि बाँडफाँड सम्पन्न गरिसकेको छ । 

सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको दुई करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा सर्वसाधारणले छिटोमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन । सो समय भित्रमा जारी शेयर बिक्री नभएमा ढिलामा पुस ११ गतेसम्म आवेदन गर्न सकिने छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया