NIMB Header 2
Nepal Life

बीमा गर्ने बेलामा विज्ञापन तर दाबी भुक्तानी गर्ने बेलामा अनेकौ झमेला किन ? अर्थमन्त्री डा. महत

Citizen Life
  • BFIS News
  • 2023 Dec 15 13:25
बीमा गर्ने बेलामा विज्ञापन तर दाबी भुक्तानी गर्ने बेलामा अनेकौ झमेला किन ? अर्थमन्त्री डा. महत
National Life

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले बीमा गर्ने बेलामा विज्ञापन गर्ने दाबी पाउने बेलामा किन अनेकौ झमेला झिक्ने भन्दै प्रश्न गरेका छन् । बीमा सर्भेयर संघको २० औं वार्षिकोत्सवको अवसरमा उनले बीमा प्रतिको विश्वास नहुँदा मानिसहरु बीमाको दायरामा आउन नसकेको दाबी गरेका छन् । 

NIMB

बीमा सर्भेयर संघ नेपालले आयोजना  गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले भने सर्भेयरको महत्वलाई उल्लेख गर्दै भने, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, किन बिमामा किन सहभागी हुने भन्ने धारणा छ ।’ 

अहिले बीमा सचेतनाको आवश्यकता रहेको औंल्याउँदै मन्त्री डा. महतले भने, ‘जीवन होस् वा निर्जिवन जोखिममा पर्यो भने झमेला हुनु हुँदैन । यो विश्वास दिलाउनुपर्छ । नेपालमा दुईवटा समस्या छ, हरेकलाई समस्या आइपर्न सक्छ, अहिले हामीले केही योगदान दिएर भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने छ । जसले बीमा गरिसकेको छ, आपत पर्दा तिर्न बीमा कम्पनीहरुले तिर्न आनाकानी गर्छन् । यसले सम्भावित बीमा लिन खोज्नेहरुलाई पनि बीमा विस्तारमा अवरोध पुर्याउँछ ।’

देखिएका समस्या समाधानका लागि विमामा जोडिएका सबै र बीमाको नियामक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन गर्न मन्त्री डा. महतले आग्रह गरेका छन् । उनले व्यवसायिकतालाई मध्यनजर राखेर हामीले काम गर्नुपर्ने बताए । 

‘बीमा कम्पनीहरुले लिन बेला विज्ञापन गर्ने, रिर्सोस जम्मा गर्ने र दिनु पर्यो भने अनेकौं झमेला झिक्ने गरिन्छ । त्यहीनेर सर्भेरको काम आउँछ । उनीहरुको बीचमा बसेर सर्भेरले काम गरिदियो भने प्रभावकारी हुन्छ’ मन्त्री डा. महतले भने, ‘बीमा सर्भेर महत्वपूर्ण भूमिका हुन्छन् । कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ । यो भयो भने कसैले यसमा खेल्न सक्दैन । बीमालाई नयाँ उचाइमा पुर्याउन सर्भेरको भूमिका महत्वपूर्ण हुन्छ ।’

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया