NIMB Header 2
Nepal Life

हिमालयन रिइन्स्योरेन्सको शेयर बल्ल बिक्यो : १४ लाख ६० हजारको आवेदन, भोलिसम्म मात्रै आवेदन दिन पाइने

Citizen Life
  • BFIS News
  • 2023 Dec 17 17:18
हिमालयन रिइन्स्योरेन्सको शेयर बल्ल बिक्यो : १४ लाख ६० हजारको आवेदन, भोलिसम्म मात्रै आवेदन दिन पाइने
National Life

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक शेयरमा बल्ल माग बराबरको आवेदन परेको छ । कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर पहिलो चरणमा बिक्री हुन नसके पछि म्याद थप गरिएको छ ।  

NIMB

पहिलो चरणमा आजसम्म मात्रै बिक्री खुला हुने भए पनि माग बराबरको आवेदन नपरे पछि भोलि पनि बिक्री खुला गर्ने सूचना जारी गरिएको थियो । आजै माग बराबर सबै कित्ताको लागि आवेदन परेकाले भोलि एक दिन मात्रै कम्पनीले शेयर बिक्री खुला राख्नेछ । 

कम्पनीको प्राथमिक शेयरमा १४ लाख ६० हजारले मात्रै आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २ करोड ४९ लाख कित्ता शेयर जारी गरेकोमा आजसम्ममा २ करोड ८० लाख कित्ताको लागि आवेदन परेको छ । हालसम्म ५ अर्ब ७८ करोडको लागि आवेदन परेको छ । 

कम्पनीले प्रिमियममा शेयर जारी गरेकाले लगानीकर्ताको आकर्षण नदेखिएको हो । त्यसमा पनि अधिकाम्स लगानीकर्ताले १० कित्ताका लागि आवेदन दिदा बिक्री हुन नसकेको हो । 

कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी गरेको छ । प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गरेको हो ।

सो मध्ये २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गरि बाँडफाँड सम्पन्न गरिसकेको छ । 

सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको दुई करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्। 

हाम्रो फेसबुक पेजमा लाइक र फलो गरिदिन हार्दिक अनुरोध गर्दछौ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया