लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले औपचारिकरुपमा थाल्यो व्यवसाय, १३२ रुपैयाँमा १ लाखको योजना
- BFIS News
- 2023 Dec 23 10:00
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले औपचारिकरुपमा व्यवसाय थालेको छ। लिबर्टीको लघु बीमा सेवा शुक्रबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शुभारम्भ गरेका हुन्।
कम्पनीले २०७९ मंसिरमा लाइसेन्स पाएकामा गत कात्तिकदेखि नै व्यवसाय थालेको थियो। कम्पनीले पोखरामा मुख्य कार्यालय राखेको छ। उसले गण्डकी प्रदेश केन्द्रित व्यवसाय गर्ने भनेको छ।
लिबर्टीले १३२ रुपैयाँमा एक वर्षका लागि १ लाख रुपैयाँको बीमा योजना ल्याएको छ। प्राधिकरणका अध्यक्ष सिलवालले कम्पनीले विपन्न वर्गलाई सेवा दिने विश्वास व्यक्त गरे। कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवले २२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने तयारी गरिरहेको बताए।
प्राधिकरणले लघुबीमाका लागि पोहोर मंसिरमा ७ कम्पनीलाई लाइसेन्स दिएकामा बुटवलमा कार्यालय रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्स र जनकपुरमा मुख्य कार्यालय राखेको स्टार माइक्रो इन्स्योरेन्सले अझै व्यवसाय सुरु गरेका छैनन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया