सन नेपालले जरशिंहपौवामा गर्यो बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम
- BFIS News
- 2024 Jan 02 20:26
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं जिल्लाको पूर्वी भेगमा रहेको जरशिंहपौवा स्थित हिल साइड एकेडेमीमा बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीको चावहिल शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आकाश चौलागाइ तथा शिक्षकहरु, कम्पनीका वागमति प्रदेश प्रमुख सिएम सुवेदी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई बीमा सम्बन्धी जानकारी दिनुका साथै बीमाको महत्व तथा फाइदाहरुको बारेमा जानकारी दिइएको थियो । बीमाको विषयमा विन्न जानकारी दिएर कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया