अभिकर्ता संघ नेपाल लाइफको अधिवेशन विथोल्ने प्रयाय, कसैको भ्रममा नपरी काठमाडौं आउन गणेश अधिकारीको आह्वान
- BFIS News
- 2024 Jan 04 20:52
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विशेष अधिवेशन भाड्ने प्रयास भएको छ । पुरानो कार्य समितिमा रहेका र अहिलेको अधिवेशनलाई नरुचाइरहेका राजेन्द्र अमात्य, कृष्ण आचार्य, तेज प्रसाद तिवारी लगायतका व्यक्तिहरुले अधिवेशन भाड्ने प्रयास गरेको भन्दै अभिकर्ताहरुले आरोप लगाएका छन् ।
पुरानो कार्यसमितिमा रहदा अभिकर्ता कोषको रकम हिनामिना गरेको र विशेष अधिवेशनबाट हार्ने देखिए पछि राजेन्द्र अमात्यको समुहले अधिवेशन भाड्न हदैसम्मको हर्कत गरिरहेको गणेश अधिकारीले आरोप लगाएका छन् । उनले भने ‘उहाँहरुले आफू हार्ने देखे पछि जिल्ला जिल्लाबाट आइरहनु भएको प्रतिनिधिहरुलाई फोन गरेर अधिवेशन हुँदैन तपाइहरु नआउनुहोस् भन्दै भाडिरहनु भएको छ ।’
विशेष अधिवेशन आयोजक मुल समितिले सम्पुर्ण तयारी पुरा गरिसकेको छ । आयोजक कुनै पनि हालतमा अधिवेशन सम्पन्न गराउने तयारीमा जुटिरहेको अवस्थामा केहि व्यक्तिहरुले फोन गरेर भाड्ने काम गरेको भन्दै अभिकर्ताहरु आक्रोसित भएका छन् । आज भन्दा डेढ वर्ष अगाडी पनि राजेन्द्र अमात्य सहितको समुहले हटौडामा आह्वान भएको तेस्रो अधिवेशनमा निर्वाचन हुन दिएका थिएनन् । आफू हार्ने भए पछि कार्यक्रम नै छाडेर स्वयं आयोजकका रुपमा रहेका अमात्य सहितको टोलि कार्यक्रम स्थलबाटै भागेका थिए ।
यसरी आयोजक नै भागे पछि गणेश अधिकारी सहितको नेतृत्वले अधिवेशनलाई पुर्णता दिएका थिए । तर उक्त अधिवेशनलाई लिएर प्रश्न उठे पछि अहिले सबैको सहमतिमा विशेष अधिवेशन बोलाइएको छ । सबैको सहमतिमा आह्वान गरिएको अधिवेशनलाई पनि आफुखुसी भाड्ने प्रयास भए पछि अभिर्ताहरु धेरै नै आक्रोशित भएका हुन् । आयोजक कुनै पनि हालतमा अधिवेशन गर्ने अन्तिम तयारीमा छ । उनिहरुले सबै प्रतिनिधिहरुलाई काठमाडौं आउन आह्वान गरिसकेका छन् । केहि व्यक्तिहरुको प्रयासले अधिवेशन नभाडिने अधिकारीले प्रस्ट पारेका छन् ।
उनका अनुसार अधिवेशनका सबै तयारी पुरा भएको छ । अधिवेशन यहि पुस २१ गते शनिवार राष्ट्रिय सभागृहमा भव्यताका साथ उद्घाटन हुँदैछ । अधिवेशनमा कोशी प्रदेशका २२ वटा शाखा कार्यालयबाट १३१ जना, मधेश प्रदेशका १८ वटा शाखाबाट ९१ जना, बागमति प्रदेशका ४२ वटा शाखाबाट २३१ जना, गण्डकी प्रदेशका ११ वटा शाखाबाट ६७ जना, लुम्बिनीका १७ वटा शाखाबाट ८६ जना, कर्णाली प्रदेशका ६ वटा शाखाबाट ३६ जना, सुदुरपश्चिम प्रदेशको १६ वटा शाखाबाट ८२ जना प्रतिनिधि छन् । उनिहरु सहित विधान अनुरुप सात प्रदेशबाट ५/५ जनाको दरले मनोनित ३५ जना सहित ७५९ जना रहेका छन् । विधान अनुसार केन्द्रिय समितिले कुल प्रतिनिधिको ५ प्रतिशतका दरले थप ३७ जना लाई मनोनित गरिसकेको छ । यसरी मनोनित सहित कुल ७९६ जनाको चयन समेत भइसकेको आयोजक गणेश अधिकारीले जानकारी दिए । यसरी प्रतिनिधि चयन गर्ने प्रकृयाँमा समेत अमात्य सहितको टोलिको सहमति रहेको थियो ।
अधिवेशनमा आउने अधिकाम्स प्रतिनिधि आफ्नो पक्षमा नभएको पाइए पछि उनिहरु अन्तत अधिवेशन नै भाड्ने तयारीमा लागेका हुन् । आयोजकले पुस २१ गते भव्य उद्घाटन गर्ने तयारी गरेको छ ।
कार्यक्रमहरु
आयोजकले अधिवेशनमा आउने प्रतिनिधिहरुलाई पुस २१ गते विहान साढै ७ बजदेखि ९ बजेसम्म चिया नास्ताको व्यवस्था गरेको छ । त्यस्तै विहान ९ बजेदेखि ११ बजेसम्म खानाको व्यवस्था गरिएको छ । विहान ११:१० बजेदेखि ११:४० बजेसम्म कमलादीबाट राष्ट्रिय सभागृहसम्म प्लेकार्ड सहित पञ्चेबाजा सहित र्याली गरिने अधिकारीले जानकारी दिए । विहान ११ बजेर ४५ मिनेटसम्ममा प्रमुख अतिथिको स्वागत गरिने र ११ बजेर ५० मिनेटमा विशेष अधिवेशनको कार्यक्रम शुभारम्भ गरिने कार्यतालिका समेत सार्वजनिक भइसकेको छ ।
दिउसो साढे ४ बजेमस्म खुला सत्र चल्ने र त्यस पछि लगातार बन्द सत्र सञ्चालन गर्ने आयोजकको तयारी छ । सम्पुर्ण तयारी पुरा भइसकेको हुँदा कसैको भ्रममा नपरी सम्पुर्ण प्रतिनिधिहरुलाई कार्यक्रममा सहभागी हुने उनले आह्वान गरेका छन् । कृष्ण आचार्य र तेज प्रसाद तिवारीले संघको लेटर हेड दुरुपयोग गर्दै प्रेश विज्ञप्तीका नाममा भ्रमित पार्न खोजेकोले अधिवेशन सम्पन्न भए पछि बन्ने कार्यसमितिले उनिहरुलाई कारबाही गर्ने आयोजक समितिले चेतावनी दिएको छ ।
विशेष अधिवेशनका लागि दुबै पक्षको सहमतिमा आयोजक समिति गठन गरिएको हुँदा साविक कुनै पनि संघको धारणा मान्य नहुने आयोजकक पक्षको दाबी छ । यसरी विज्ञप्तीका नाममा कसैलाई पनि भ्रमित नपार्न समेत आयोजक पक्षले अनुरोध गरेको छ । यदि भोलिका दिनमा कुनै मुद्दा मामिलामा जानु परे जान तयार रहेको तर अधिवेशन नै भाड्ने काम गर्नु हजारौ बीमितको हित विपरित भएको आयोजकको भनाइ छ ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया