NIMB Header 2
Nepal Life

नेपाल लाइफ अभिकर्ता संघको भ्रष्टाचारलाई लिएर कानुन मन्त्री गुरुङ आक्रोसित, यसको विरुद्धमा उभिनेलाई दिए ऐक्यबद्धता

Citizen Life
  • BFIS News
  • 2024 Jan 06 18:01
नेपाल लाइफ अभिकर्ता संघको भ्रष्टाचारलाई लिएर कानुन मन्त्री गुरुङ आक्रोसित, यसको विरुद्धमा उभिनेलाई दिए ऐक्यबद्धता
National Life

काठमाडौं । न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफको पुर्व कार्यसमितिले गरेका भ्रष्टाचार विरुद्धको अभियानमा आफ्नो ऐक्यबद्धता रहेको बताएका छन् ।

 

NIMB

बीमक समिति नेपाल लाइफले आज आह्वान गरेको विशेष अधिवेशनलाई संबोधन गर्दै जीवन बीमा क्षेत्रमा काम गर्ने अभिकर्ताले बुझाएको सानो रकममा पनि भ्रष्टाचार हुनु धेरै दुखद पक्ष भएको बताए । बीमा अभिकर्तारुमा बीमा पोलिसी बीक्री गराउने क्रममा एउटा राम्रो कन्भिन्सिङ पावर हुने र यस्ता व्यक्तिहरु सँग बसेर सिकौ भन्ने अभिप्रायका साथ आफु कार्यक्रममा आउदै गर्दा आफ्नो इच्छा पुरा हुन नसकेको भन्दै दुख व्यक्त गरे । उनले भने ‘आधा घण्टा भए पनि केहि सिकौ भनेर आएको थिए तर यहाँ पनि भ्रष्टाचारकै कुरा आयो ।’ यसै सन्दर्भलाई जोडेर मन्त्री गुरुङले नेपाल नबनेको भ्रष्टाचारकै कारण हो भन्दै ठोकुवा गरे ।

मन्त्री गुरुङले आफ्नै पार्टीभित्र पनि भ्रष्टाचार विरुद्धका अभिव्यक्तिलाई कडाइका साथ प्रस्तुत गर्ने गरेका छन् । उनले सदनदेखि मन्त्रिपरिषदमा समेत भ्रष्टाचारको बिरुद्धमा बोल्ने गरेका छन् । उनले भ्रष्टाचारको विरुद्धमा सबैलाई एकै ठाउँमा उभिन आह्वान समेत गरेका छन् । भ्रष्टाचारको जात, रङ्ग, पार्टी केहि पनि नहुने भएकाले यसको सुधार आफैबाट गर्नु पर्ने उनको तर्क छ । उनले मुलुक परिवर्तनका लागि आफु निष्ठापुर्वक भुमिका निर्वाह गरिरहेको बताए ।

अभिकर्ताको सानो रकममा पनि हिनामिना गर्ने पक्षलाई छोड्न नहुने भन्दै मन्त्री गुरुङले यस विरुद्धमा आवाज उठाउने आयोजकलाई आफ्नो साथ सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

नेपाल लाइफको यस अगाडीको कार्यसमितिले बीमितहरु सँग उठाएको शुल्कलाई निश्चित व्यक्तिहरुले दुरुपयोग तथा अनियमिता गरेको भन्दै नेपाल लाइफका अभिकर्ताहरुले त्यस विरुद्धमा आवाज उठाएका छन् । जुन समुहले यस्तो दुरुपयोग गरेको थियो त्यस समुहले कहिल्यै पनि अभिवेशन गर्न नचाहने तथा नेतृत्व हस्तान्तरण गर्न नचाहे पनि आज विशेष अधिवेशन आह्वान गरिएको थियो । पुरानो समुहले उच्च अदालत पाटनमा अधिवेशन रोक्ने आदेशको माग गर्दै रिट हालेको थियो । तर रिटको सुनुवाइ गर्दै अदालतले विशेष अधिवेशन रोक्न कुनै पनि आदेश जारी नगरी छलफलका लागि बोलाएको छ । विशेष अधिवेशन आह्वान गरिसकेको सन्दर्भमा आयोजकले नयाँ नेतृत्व चयनको प्रकृया अगाडी बढाएको छ ।   

नेपाल बीमा प्राधिकरणका सञ्चालक कपिलदेव वलीले सभालाई संबोधन गर्दै बीमा अभिकर्ता विना नेपालमा मात्रै होइन विश्वमै बीमा व्यवसाय सम्भव नभएको भन्दै बीमा प्राधिकरणले नयाँ ऐन तथा नियमावलीमा अभिकर्ताले खाइपाइ आएको सेवा सुविधा नघट्ने व्यवस्था गरेको बताए ।

अभिवेशनको खुला सत्रलाई संबोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले नेपाल लाइफको सफलतामा अभिकर्ताको महत्वपुर्ण योगदान रहने भएकाले कम्पनी जहिले पनि अभिर्ताको पक्षमा उभिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । नेपाल लाइफ लिडर कम्पनी भएको भन्दै अभिकर्ताहरुलाई पनि लिडरको भुमिका निर्वाह गरिदिन अनुरोध गरेका छन् ।

पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष केदारनाथ अधिकारीले सहज रुपमा नेतृत्व हस्तान्तरण गर्न नमान्दा विशेष अधिवेशन आह्वान गर्नु परेको भन्दै उपस्थित अभिकर्ताहरुलाई आगामी नेतृत्व चयन गर्दा सक्षम र इमान्तर व्यक्तिहरुलाई छनोट गर्न अनुरोध गरेका छन् । उनले सार्वजनिक लेखासमितिले तीन वर्ष भित्रका पोलिसी सरेण्डर गर्दा २५ प्रतिशत कट्टा गरी ७५ प्रतिशत फिर्ता गर्न दिएको निर्देशन बीमाको सिद्धान्त विपरित भएको भन्दै यसको प्राविधिक जटिलतालाई बुझिदिन सम्बन्धित पक्षलाई अनुरोध गरेका छन् र अभिकर्ताहरुलाई पनि यस विषयमा राम्रो सँग बुझ्न आह्वान गरेका छन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया