NIMB Header 2
Nepal Life

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी निर्वाचित, सर्वसम्मत रुपमा ३२ जनाको कार्यसमिति तयार

Citizen Life
  • BFIS News
  • 2024 Jan 07 03:59
पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी निर्वाचित, सर्वसम्मत रुपमा ३२ जनाको कार्यसमिति तयार
National Life

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी निर्वाचित भएका छन् । विशेष अधिवेशनबाट अधिकारीको नेतृत्वमा ३२ जनाको कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको हो । पुस २१ र २२ गते काठमाडौैमा आह्वान गरिएको अधिवेशनको बन्द सत्रमै सर्वसम्मत बनाइएको पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले जानकारी दिए । 

NIMB

अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा बद्रिनाथ ढकाल निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा ओम प्रसाद ओली, किशोर राउत कमकर, रामचन्द्र बन्जाडे, रामशरण पोखरेल, रेशम सिंह ठकुरी, जुहारीलाल चौलागाई र देव प्रसाद जैसी निर्वाचित भएका छन् । 

सचिमा तेजमणी शर्मा, सहसचिमा यदुनन्द भण्डारी, सोमनाथ लुईटेल, गीता कार्की काफ्ले, कोषाध्यक्षमा विमला ढकाल अमगांई, सह कोषाध्यक्षमा लिला अधिकरी निर्वाचित भएका हुन् । सदश्यहरुमा नरेन्द्र कुमार संग्रौला, सन्तोष शर्मा, राम बहादुर ओली, दामोदर सापकोटा, जानकी बोहरा विष्ट, नरेन्द्र प्रसाद जोसी, राजकुमार शर्मा, कमल प्रसाद सुवेदी, कृष्ण बहादुर रिमाल, शान्ता पाण्डे, सुरोज शिवाकोटी, मोहन सुन्दास, महानन्द सिटौला, गोविन्द प्रसाद भट्टराई, अनिता राई, झविन्द्र भट्टराई र तारा दाहाल अधिकारी निर्वाचित भएका छन् । 

एक हजार भन्दा ठुलो उपस्थितिमा भव्यताका साथ उद्घाटन भएको अधिवेशनलाई कानुन न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङले संबोधन गरेका थिए । पुर्वमेचीदेखि पश्चिम महाकालीसम्मका अभिकर्ताहरुको उपस्थिति रहेको अधिवेशनले सर्वसम्मत रुपमा पदाधिकारीहरुको निर्वाचन गरेको छ । संघको निर्वाचन हुन नदिने र नचाहनेले विरोध गर्दै अदालतसम्म पुगे पनि अदालतले छलफलका लागि मात्रै बोलाए पनि अधिवेशन शनिवार नै सम्पन्न भएको छ । 

नेपालको जीवन बीमा उद्योगमा सबैभन्दा ठुलो हिस्सा रहेको नेपाल लाइफका अभिकर्ताको संख्या पनि सर्वाधिक धेरै रहेका छन् । कुल बीमा शुल्क आर्जनको २७ प्रतिशत हिस्सा ओगट्ने नेपाल लाइफका अभिकर्ताको हिस्सा पनि २० प्रतिशत भन्दा धेरै रहेको छ । हेटौडामा आह्वान गरिएको तेस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा कार्यसमिति गठन हुन नसके पछि पुस २० र २१ गते काठमाडौंमा विशेष अधिवेशन आह्वान गरिएको हो । हेटौडाबाट दुई समुहमा विभाजन भएको कार्यसमितिलाई एक बनाएर विशेष अधिवेशन आयोजक समिति निर्माण गरिए पनि अन्तिम समयमा निवर्तमान कार्यसमितिको नेतृत्व गर्ने केहि व्यक्तिहरुले विवाद झिकेर बाहिरिएका थिए । उनिहरुले नियोजित रुपमा अदालतकै ढोका ढकढकाए पनि अन्तत अधिवेशन सम्पन्न भएको छ ।  

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया