NIMB Header 2
Nepal Life

नव निर्वाचित अभिकर्ता संघका पदाधिकारीलाई नेपाल लाइफले गर्यो स्वागत, 'सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता'

Citizen Life
  • BFIS News
  • 2024 Jan 09 16:28
नव निर्वाचित अभिकर्ता संघका पदाधिकारीलाई नेपाल लाइफले गर्यो स्वागत, 'सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता'
National Life

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नव निर्वाचित पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका पदाधिकारीहरुलाई स्वागत गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नेशनल सेल्स हेड उमापती पोखरेल, अप्रेसनल इन्चार्ज ओम प्रसाद पुडासैनी, एजेन्सी सर्भिसिङ प्रमुख सुनिता पोखरेलले संयुक्त रुपमा नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेका हुन् ।

 

NIMB

यहि पुस २१ गते सम्पन्न भएको विशेष अधिवेशनबाट गणेश अधिकारीको नेतृत्वमा ३२ जनाको कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको थियो ।

निर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बीमित, कम्पनी र अभिकर्ताहरुको विचमा सौहार्द सम्बन्ध बनाउदै सहजिकरणको काम गर्न अनुरोध गरेका छन् । कम्पनीको उच्च व्यवस्थापन तहले अभिकर्ताको संघ सँग सहकार्य गरेर मात्रै अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

स्वागत कार्यक्रमकै दौरामा अभिकर्ता संघ र कम्पनी उच्च व्यवस्थापन तह विच कार्यसम्पादनको लागि कोर टिम बनाउने सहमति भएको छ । यस्तो कोर टिममा कम्पनीको तर्फबाट उच्च व्यवस्थापन तहको कर्मचारी, संघको तर्फबाट प्रतिनिधि रहने छन् । यस कोर टिमले कार्यसम्पादनका क्रममा आइपर्ने समस्या समाधानका लागि पहल गर्नेछ । जसले पोलिसीमा देखिएका समस्या, अभिकर्ताको समस्या, बीमितको समस्यालाई छलफल गर्नेदेखि लिएर मार्केटिङको काममा कम्पनी कसरी अगाडी बढ्ने भनेर पनि छलफल हुनेछ ।

निर्वाचित प्रतिनिधिहरुले उच्च व्यवस्थापन समक्ष सबै कुराहरुमा सहकार्य गरेर अगाडी बढ्न प्रतिवद्ध रहेको बताएका थिए । पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले अभिकर्ता संघ हुँदा र नहुँदा फरक खालको व्यवहार नगरी सबैलाई समेट्ने गरि अगाडी बढ्न अनुरोध गरेका छन् । आउदा दिनमा कम्पनी व्यवस्थापनले अभिकर्ता संघलाई पनि सँग सँगै लिएरु अगाडी बढेमा व्यवसायिक बृद्धिमा मद्दत पुग्ने बताएका थिए ।

अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा बद्रिनाथ ढकाल, उपाध्यक्षहरुमा ओम प्रसाद ओली, किशोर राउत कमकर, रामचन्द्र बन्जाडे, रामशरण पोखरेल, रेशम सिंह ठकुरी, जुहारीलाल चौलागाई र देव प्रसाद जैसी निर्वाचित भएका छन् । 

सचिमा तेजमणी शर्मा, सहसचिमा यदुनन्द भण्डारी, सोमनाथ लुईटेल, गीता कार्की काफ्ले, कोषाध्यक्षमा विमला ढकाल अमगांई, सह कोषाध्यक्षमा लिला अधिकरी निर्वाचित भएका हुन् । सदश्यहरुमा नरेन्द्र कुमार संग्रौला, सन्तोष शर्मा, राम बहादुर ओली, दामोदर सापकोटा, जानकी बोहरा विष्ट, नरेन्द्र प्रसाद जोसी, राजकुमार शर्मा, कमल प्रसाद सुवेदी, कृष्ण बहादुर रिमाल, शान्ता पाण्डे, सुरोज शिवाकोटी, मोहन सुन्दास, महानन्द सिटौला, गोविन्द प्रसाद भट्टराई, अनिता राई, झविन्द्र भट्टराई र तारा दाहाल अधिकारी निर्वाचित भएका छन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया