आइएमई लाइफको नयाँ बोनस दर सार्वजनिक, न्युनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म पाउने
- BFIS News
- 2024 Jan 11 14:25
काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा नेपाल बिमा प्राधिकरणबाट स्वीकृत बोनस दर सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको नयाँ बोनसदरअनुसार कम्पनीका बीमितले अधिकतम ८० रुपैयाँ बोनस पाउनेछन्। बिहीबार सार्वजनिक वित्तीय विवरणअनुसार सामूहिक बाल सावधिक बिमा पोलिसीमा न्यूनतम् ३२ देखि ७० रुपैयाँँसम्म प्रतिवर्ष र प्रतिहजार रुपैयाँ बोनस पाउनेछन् ।
त्यस्तै, बीमितले सावधिक तथा आजीवन बिमा पोलिसीमा बिमा अवधिअनुसार प्रतिवर्ष प्रतिहजार ३२ देखि ८० रुपैयाँसम्म बोनस पाउनेछन् ।अग्रिम भुक्तानी तथा आजीवन बिमा पोलिसीमा न्यूनतम ३२ देखि ६३ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक बिमामा ३० देखि ६३ रुपैयाँ बोनस दर घोषणा गरिएको छ।
बाल अग्रिम भुक्तानी सावधिक ३० देखि ६५ रुपैयाँ बोनस बीमितले पाउने कम्पनीले बताएको छ। बाल अग्रिम भुक्तानी सावधिक बिमामा न्यूनतम् ३० देखि ६० रुपैयाँ बोनस निर्धारण गरिएको छ। वार्षिक अग्रिम भुक्तानी बिमा पोलिसीको सबै अवधीमा २२ रुपैयाँ बोनस निर्धारण गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया