बीमालेख खरिद गरिसके पछि सम्पुर्ण जानकारी लिन सूर्यज्योति लाइफको बीमितहरुलाई आह्वान
- BFIS News
- 2024 Jan 17 06:13
काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले बीमा पोलिसी खरिद गरिसके पछि बीमालेख सम्बन्धी सम्पुर्ण जानकारी राख्न अनुरोध गरेको छ ।
कम्पनीले बीमालेखको शर्त तथा सुविधा बमोजिम निश्चित समय पश्चात प्राप्त हुने अवधि भुक्तानी रकम वा अन्य कुनै पनि दावी रकम भुक्तानी लिनको लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । बीमालेख नविकरण समयमै नगरेमा बीमालेख व्यतित भई बीमाशुल्कमा विलम्ब शुल्क समेत लाग्ने तथा बीमा रक्षावरण नहुने हुँदा आफ्नो बीमालेखको नविकरण मितिहरू यकिन गरि निर्धारित समयमा नविकरण बीमाशुल्क भुक्तानी गर्न कम्पनीले बीमितहरुलाई अनुरोध गरेको छ । बीमालेखको नविकरण रकम अनलाइन मार्फत वा नजिकको शाखा कार्यालयमा गई भुक्तानी गर्न सकिनेछ ।
एक लाख रुपैयाँ भन्दा बढि रकमको बीमाशुल्क भुक्तानी गर्दा नगदमा कारोवार नगरि कम्पनीको नाममा जारी एकाउण्ट पेयी चेक, अनलाइन माध्यम वा अन्य कुनै बैकिक प्रणालीबाट मात्र गर्नुपर्नेछ। कुनै पनि रकम भुक्तानी पश्चात कम्पनीबाट भुक्तानी रसिद लिनु बिर्सन नहुने कम्पनीले जनाएको छ । यसका साथै भुक्तानी पश्चात आफ्नो मोबाइलमा कारोबार भएको पुष्टी बारे मेसेज आए नआएको यकिन गर्नु पर्नेछ ।
सूर्यज्योति लाइफको मोबाइल एपबाट आफ्नो बीमालेखको बारेमा तथा अन्य आवश्यक विवरण सजिलै प्राप्त गर्न सकिने हुँदा मोबाइल एपमा रजिस्टर / लग इन गर्न आफ्नो मोबाइल नम्बर कम्पनीमा रहेको नम्बर सँग मिलेको हुनुपर्दछ ।
बीमालेख धितो बापत यदि कुनै कर्जा लिएको भए कर्जाको व्याज नियमित रूपमा भुक्तानी गर्नु पर्नेछ । लेख तथा कम्पनीको महत्वपुर्ण जानकारीहरू बीमितको मोबाइल वा इमेल मार्फत दिइने हुनाले आफ्नो व्यक्तिगत विवरणहरू: मोबाइल नम्बर, इमेल, स्थायी तथा अस्थायी ठेगाना, इच्छाएको व्यक्तिको नाम इत्यादि कम्पनीमा रहेको विवरणसंग दुरुस्त मिलेको हुनु पर्दछ । कम्पनीमा रहेको यस्ता विवरणहरू मिलेको वा नमिलेको बारे यकिन गरि सो विवरणहरू अध्यावधिक गर्नको लागि कम्पनीमा सम्पर्क गर्नु पर्नेछ ।
यस्ता सेवा सुविधाको लागि वा मोबाइल नम्बर तथा अन्य विवरण अध्यावधिक गर्नको लागि वा अन्य कुनै पनि जानकारीका लागि कम्पनीको शाखा कार्यालय वा कम्पनीको फोन नम्बर, भाइबर, फेसबुक म्यासेन्जर, ह्वाट्स एप मार्फत सम्पर्क गर्न सकिने छ ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया