NIMB Header 2
Nepal Life

नेशनल लाइफ इन्स्योरेन्सको मुनाफा १६.९१ प्रतिशतले बढ्यो, बीमा शुल्क आर्जन ८ अर्ब ८२ करोड नाघ्यो

NMB Bank
  • BFIS News
  • 2024 Feb 06 06:59
नेशनल लाइफ इन्स्योरेन्सको मुनाफा १६.९१ प्रतिशतले बढ्यो, बीमा शुल्क आर्जन ८ अर्ब ८२ करोड नाघ्यो
United Ajod

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १६.९१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ ।  

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले २५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २१ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.९९ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १२.३३ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी १२.२२ प्रतिशत बढेको छ भने कुल खर्च ११.७९ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २८ पैसा बढेर १० रुपैयाँ १८ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५९.२२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा रहेको छ।

५ अर्ब १ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४९ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग ६० करोड १८ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ४८ करोड ८३ लाख रुपैयाँ रहेको छ। कम्पनीले समिक्षा अवधिमा ८ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया