Nepal Life

रिलायबल नेपाल लाइफको मुनाफा २३ करोड ९ लाख, चुक्ता पूँजी ४ अर्ब शेयर प्रिमियममा एक अर्ब ७५ करोड

NMB Bank
  • BFIS News
  • 2024 Feb 06 09:56
रिलायबल नेपाल लाइफको मुनाफा २३ करोड ९ लाख, चुक्ता पूँजी ४ अर्ब शेयर प्रिमियममा एक अर्ब ७५ करोड
National Life

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड रुपैयाँ नाफा कमाएको थियो।

Shikhar
NIMB

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १.७४ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी २१.७८ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी १२.७९ प्रतिशत र कुल खर्च १३.६८ प्रतिशत बढेको छ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ १७ पैसा घटेर ११ रुपैयाँ ५५ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढ्न नसक्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९.०१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ७१ पैसा रहेको छ।

४ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ३७ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ५ करोड ५६ लाख रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया