Nepal Life

नेपाल लाइफको सम्पुर्ण सूचकमा उल्लेख्य सुधार, नाफा ४२ करोड ७७ लाख, जीवन बीमा कोष एक खर्ब ८३ अर्ब नाघ्यो

NMB Bank
  • BFIS News
  • 2024 Feb 07 06:59
नेपाल लाइफको सम्पुर्ण सूचकमा उल्लेख्य सुधार, नाफा ४२ करोड ७७ लाख, जीवन बीमा कोष एक खर्ब ८३ अर्ब नाघ्यो
National Life

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सम्पुर्ण सूचकमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो।

Shikhar
NIMB

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ७.१३ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १०.८८ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी समीक्षा अवधिमा १०.७१ प्रतिशत बढेको छ भने कुल खर्च ९.७० प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ १९ पैसा बढेर १० रुपैयाँ ४२ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.८६ गुणा रहेको छ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा ४ करोड ३८ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ।

अभिकर्ताले समिक्षा अवधिमा एक अर्ब ४९ करोड रुपैयाँ कमिशन प्राप्त गरेका छन् । कम्पनीले प्रथम बीमा शुल्कमा उल्लेख्य सुधार गरेको छ । कम्पनीले समिक्षा अवधिमा तीन अर्ब १६ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । नविकरण बीमा शुल्क १६ अर्ब ८३ करोड रहेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया