NIMB Header 2
Nepal Life

रिलायबल नेपालको साधारणसभा सम्पन्न, १६ प्रतिशत बोनस शेयर पारित गर्नुका साथै दुई सञ्चालक निर्वाचित

Citizen Life
  • BFIS News
  • 2024 Feb 12 18:18
रिलायबल नेपालको साधारणसभा सम्पन्न, १६ प्रतिशत बोनस शेयर पारित गर्नुका साथै दुई सञ्चालक निर्वाचित
National Life

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन पारित गरेको छ । 

NIMB

सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका साथ शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर र ०.८४ प्रतिसत नगद लावंश पारित, सो  अनुरुप पूँजी वृद्धि गर्ने र  प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारीत गरेको छ । 

वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट देहाय वमोजिमका सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् । सभाबाट डा. भिष्म कार्की र दिवेश लोहनी निर्वाचित भएका हुन् । 

यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी ४ अर्व ६४ करोड रुपैयाँ पुगेको छ । वार्षिक साधारण सभामा शेयरधनीहरुले राखेका जिज्ञासाहरु उपर कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुले जवाफ दिएका थिए ।

यस उपलक्ष्यमा कम्पनीलाई यहाँ सम्म पुर्याउन सहयोग गर्ने वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, शेयरधनीहरु, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालाहरु लाइ धन्यवाद ज्ञापन गर्दै अगामी दिनहरुमा समेत सहयोग तथा विश्वासको अपेक्षा गरेको गरीएको कम्पनीले जनाएको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया