सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घट्यो
- BFIS News
- 2023 Jul 24 12:16
काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै आज सोमबार तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । साथै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया