Nepal Life

एसियन लाइफ इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2024 Feb 18 07:42
एसियन लाइफ इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
National Life

काठमाडौं - एसियन लाइफ इन्स्योरेन्स र हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित आजसम्म गर्न सकिनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हिमालयनले फागुन ७ र एसियन लाइफले फागुन ८ गते बुकक्लोज गर्दैछन्।

Shikhar
NIMB

 

हिमालयनले फागुन २० गते राष्ट्रिय सभा गृह र एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले फागुन १८ गते होटल क्लासिक सिमरा, बारामा वार्षिक साधारण सभा बोलाएका छन्। 

आजसम्म नेप्सेमा कारोबार भइ कायम यी दुबै कम्पनीका शेयरधनीहरुले साधारणसभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हिमालयनको सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै एसियनको सभाले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४०७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात १ बराबर ०.४२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया