बीमा गरेको एक वर्षमै नेशनल लाइफले दियो मृत्यु दाबी भुक्तानी
- BFIS News
- 2024 Feb 29 12:59
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.को महेन्द्रनगर शाखाले मुत्यु दावि भुक्तानी गरको छ । यस कम्पनीबाट बिमा गराएका भिमदत्त नगरपालिका वडा नं १० निवासी विमित स्व. डम्बर बहादुर कार्की को श्रीमती पार्वती बिष्ट कार्की लाई ५ लाख ३७ हजार ३३३ रुपैयाँको मुत्यु दावि भुक्तानी गरेको हो ।
१ बर्ष अघि यस कम्पनीका सिनियर बिजनेस म्यानेजर पार्वती नेगि बाट बिमा गराउनु भएका स्व. कार्किको २०८० पुस ५ मा निधन भएकोमा आज मिति २०८० फागुन १६ गते महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्ट सहित मार्केटिङ अफिसर कुष्ण सिह ठगुन्ना,चिफ बिजनेस म्यानेजर धन सिंह ठगुन्ना र सिनियर बिजनेस म्यानेजर पार्वती नेगी ले बिमितको घरमै गएर चेक हस्तान्तरण गरेका थिए।
कमाउने घरमुलिकाे निधनले परिवारमा पर्न गएको आर्थिक भारमा कम्पनीबाट प्राप्त दावि रकमले ठुलाे राहत पुगेकाे महसुस गर्दै जीवन विमा अनिवार्य गराउनु पर्ने हकवाला पार्वती बिष्ट कार्कीले बताए ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया