NIMB Header 2
Nepal Life

एसियन लाइफ इन्स्योरेन्सको साधारणसभा आज, हकप्रद र लाभांश वितरणको प्रस्ताव पेश हुने

Citizen Life
  • BFIS News
  • 2024 Mar 01 08:39
एसियन लाइफ इन्स्योरेन्सको साधारणसभा आज, हकप्रद र लाभांश वितरणको प्रस्ताव पेश हुने
National Life

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको १६ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। सिमरास्थित होटल क्लासिकमा बिहान साढे ११ बजे साधारणसभा बस्न लागेको हो।

NIMB

सभाले गत आवका लागि ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ। यस्तै बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशत अर्थात १:०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित हुनेछ।

इन्सुरेन्सले नेपाल बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन बोनस सेयरपछि हकप्रद सेयर जारी गर्ने भएको हो।

प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ। उक्त पुँजीमा ४२ प्रतिशत हकप्रद जारी भएमा चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।

सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना र एकजना स्वतन्त्र सञ्चालक रहने गरी जम्मा ६ जनाको सञ्चालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत फागुन ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो  यसर्थ फागुन ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन पाउनेछन्। 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया