एशियन लाइफको एजीएम सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित
- BFIS News
- 2024 Mar 01 21:28
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार सम्पन्न साधारण सभाबाट लाभांश वितरण र हकप्रद जारी गर्ने प्रस्ताव पारित भएको छ ।
होटल क्लासिक सिमरामा सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशतले हुन आउने १ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो । यस्तै सभाले बोनस सेयर वितरणपछि कायम हुने ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात १ः०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाबाट पारित भएको १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ । नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न कम्पनीलाई १७ करोड २३ लाख रुपैयाँ अपुग हुनेछ ।
यस्तै शुक्रबार सम्पन्न सभाले सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने एक सञ्चालक नियुक्त गरिएकोमा सोको अनुमोदन गरेको छ । सेयर संरचनामा परिवर्तन पश्चात् सञ्चालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना तथा १ जना स्वतन्त्र संचालक रहने गरी जम्मा ६ जनाको सञ्चालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको सभाले आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्नुका साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया