NIMB Header 2
Nepal Life

आइजीआई प्रुडेन्सियलको २६ औं वार्षिक साधारणसभा सम्पन्न, ६ सञ्चालक निर्विरोध निर्वाचित

Citizen Life
  • BFIS News
  • 2024 Mar 03 14:06
आइजीआई प्रुडेन्सियलको २६ औं वार्षिक साधारणसभा सम्पन्न, ६ सञ्चालक निर्विरोध निर्वाचित
National Life

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भएको  साधारणसभाले सञ्चालकहरुको निर्वाचनलाई अनुमोदन समेत गरेको छ ।  

NIMB

साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थापित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । 

मिति २०८० बैशाख २७ गतेबाट साविक आइएमई जनरल इन्स्योरेन्स लि र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि बीमा क्षेत्रमा सबैभन्दा छोटो समयमा मर्जर सम्पन्न गरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न सफल भएको र उक्त कार्यमा सहयोग गर्नुहुने कम्पनीका सम्पूर्ण शेयरधनी महानुभावहरु, नियामकीय निकाय नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस क्लियरिड लिमिटेड, स्वदेशी तथा विदेशी पूनर्बीमा कम्पनीहरु, पुनर्बीमा ब्रोकरहरु  लेखापरीक्षकहरु लगायत पत्रकार जगतलाई पनि धन्यवाद दिए । 

देशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नको लागि ठूलाठूला मेगा प्रोजेक्टहरुको स्थापना हुनु पर्नेमा विशेष जोड दिर्दै अध्यक्ष हेम राज ढकालले नेपालमा विकास निर्माणको लागि सड्क, जलविद्युत, कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेकोले सरकारले उच्च प्राथमिकताका साथ लगानी मैत्रि वातावरणको सृजना गरी स्वदेशी तथा विदेशी लगानीलाई विशेष प्रोत्साहन गर्न सके देश भित्रै रोजगारीको सृजना भई देश आर्थिक सम्बृद्धिको बाटोमा लम्किने थियो भनि सभामा आफनो मन्तव्य राखे । 

देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गरे ।

पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयाँ नयाँ क्षेत्र पहिल्याई आम नागरिकलाई सूचना प्रबिधिको माध्यमबाट समेत सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको जानकारी सभालाई गराए । 

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष हेम राज ढकालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको २६औं बार्षिक साधारण सभाबाट आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेम राज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल संचालक पदमा निर्बिरोध निर्वाचित भएका छन् । 

अध्यक्ष ढकालले कम्पनीको २६औं बार्षिक साधारण सभामा भाग लिई अमूल्य सुझावहरु दिने सबै शेयरधनीहरुको आत्मीयता, न्यानो माया र विश्वास प्रति आभार प्रकट गर्दै नेपाल सरकारका विभिन्न निकाय, नेपाल बीमा प्राधिकरण लगायत नियमक निकायहरुप्रति धन्यवाद व्यक्त गरे । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया