नेपाल पुनर्बीमा कम्पनीको सिइओका लागि श्रीमान कार्की सहित ७ जनाको आवेदन
- BFIS News
- 2024 Mar 11 14:51
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदका लागि नेपाल बीमा प्राधिकरणका पुर्व उपकार्यकारी निर्देशक श्रीमान कार्की सहित ७ जनाको आवेदन परेको छ ।
कम्पनीको पदपुर्ती उपसमितिले दरखास्त आह्वान गर्दा नेपाल पुनर्बीका डेपुटी सीईओ दामोदर भण्डारीले पनि आवेदन दिएका छन् । उनि पनि नेपाल बीमा प्राधिकरणकै पुर्व कर्मचारी हुन् । प्राधिकरणको जागिर छाडेर उनि नेपाल पुनर्बीमा प्रवेश गरेका थिए । कम्पनीको प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीको कार्यकाल सकिए सँगै विगत दुई महिना भन्दा लामो समयदेखि पद रिक्त छ ।
प्रमुख कार्यकारी अधिकृतका लागि नेपाल बीमा प्राधिकरणका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्की, यूनाईटेड तथा राष्ट्रिय बीमा कम्पनीका पूर्व सीईओ शेखर बराल, प्राइम लाइफका पूर्व सीईओ नारायणकुमार भट्टराई, अजोड इन्स्योरेन्सका पूर्व डेपुटी सीईओ सुरेन्द्र थापा, नेपाल पुनर्बीमाका पूर्व कर्मचारी उज्वल राज अर्याल, बुद्धकाजी श्रेष्ठले आवेदन दिएका छन् ।
यसरी आवेदन दिने मध्येबाट पद पुर्ती समितिले सर्टलिष्ट गर्नेछ । सर्टलिष्टमा परेका आवेदकले व्यवसायिक योजनाको प्रस्तुतिकरण दिनु पर्नेछ । प्राधिकरणका कार्कीले यहि कारण सिटिजन लाइफको स्वतन्त्र सञ्चालक पदबाट राजिनामा दिइसकेका छन् ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया