NIMB Header 2
Nepal Life

सूचिकृत कम्पनीलाई धितोपत्र बोर्डको चार बुँदे निर्देशन, जानकारी तथा विवरणहरु समयमा पेश गर्नु

National Life
  • BFIS News
  • 2023 Jul 27 19:35
सूचिकृत कम्पनीलाई धितोपत्र बोर्डको चार बुँदे निर्देशन, जानकारी तथा विवरणहरु समयमा पेश गर्नु
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचिकृत कम्पनीहरुलाई सूचना, जानकारी तथा विवरणहरु समयमा पेश गर्न निर्देशन दिएको छ । बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुको सूचना, जानकारी तथा विवरण प्रवाहलाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी कानुनमा विभिन्न व्यवस्थाहरु गरिएकोमा सबै संगठित संस्थाहरुबाट उक्त व्यवस्थाहरुको पुर्ण पालना नभएको बोर्डले जनाएको छ । यस्तो व्यवस्थाको कार्यान्वयन नभएको भन्दै बोर्डले सूचिकृत संगठित संस्थाहरुलाई सूचना जानकारी तथा विवरण समयमा पेश गर्न निर्देशन दिएको हो ।  

 

Shikhar
NIMB

यस्तो छ निर्देशन :

१. बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु सो त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र बोर्ड समक्ष पेश गर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेछ ।

२. बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिना भित्र बोर्डमा पेश गर्नुपर्नेछ । साथै, सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २० को उपदफा (४) बमोजिम अनुपालना प्रतिवेदनको मुख्य मुख्य बुँदाहरु सहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्नेछ ।

३. धितोपत्र सूचीकरण गराएका संगठित संस्थाहरुले सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १६ मा उल्लेखित कुनै घटना वा कारोबार भएमा त्यस्तो बिषयको सूचना तत्काल धितोपत्र बजारमा दिई तीन दिनभित्र बोर्डमा पेश गर्नुपर्नेछ ।

४. धितोपत्र सम्बन्धी कानूनमा उल्लेख भएका यस्ता अन्य सूचना, जानकारी तथा विवरणहरु उल्लेखित समयमा नै पेश गर्नुपर्नेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया