NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

Muktinath Bank
  • BFIS News
  • 2024 Mar 18 16:08
प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न
Everest Bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भएको छ । 

NIMB

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने हो भन्दै अभिकर्ताहरुको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधै साथ–सहयोग रहन्छ र उच्च सम्मान प्रकट गर्ने बताए । 

एमडिआरटी जस्तो अन्तराष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएकाले अभिकर्ताहरुलाई उनले बधाई व्यक्त गरेका छन् । आगामी वर्षहरुमा पनि निरन्तर सफलताको शुभकामना समेत व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सफलताको यो माहोललाई कम्पनीले उत्सवको रुपमा लिएको बताए ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले स्वागत मन्तब्य व्यक्त गरेका थिए । उनले भने 'अन्तराष्ट्रिय फोरम एमडिआरटिमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण हो । त्यसैले अभिकर्ता पेसा छनोट गर्नुभएको यहाँहरुको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्दछ ।'

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने बताए । उनले भने 'यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय हो । सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि उर्जा प्राप्त हुनेछ, यो उर्जाको आगामी वर्षमा परिणाम आउने छ ।' 

मोटिभेसनल स्पिकर रमण भट्टराईको ट्रेनिङ सेसनले कार्यक्रमको रौनक थपिएको थियो । उक्त कार्यक्रममा आउँदै गरेको फागु पूर्णिमा (होली) को शुभकामना आदान प्रदान गरि रंगहरुका साथ नारायणी नदीको क्रुज जहाजमा होली मनाइएको थियो ।
औपचारीक कार्यक्रमका साथ विभिन्न अतिरिक्त क्रियाकलाहरुले ३ दिने कार्यक्रमको माहोललाई उल्लासमय बनाएको थियो । सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलले सहभागीहरुलाई कार्यक्रम सफल बनाउन साथ, सहयोग दिने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।  एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीको संयोजनमा संचालित कार्यक्रम योगेन्द्र प्रसाद खतिवडाले संचालन गरेका थिए । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया