हिमालयन लाइफ इन्स्योरेन्सले भन्यो - बोनस शेयरमा लाग्ने करबापतको रकम चाँडो तिर्नुस्
- BFIS News
- 2024 Mar 19 07:57
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयरमा लाग्ने करबापतको रकम चाँडो जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ।
कम्पनीले साविकको गुँरास लाइफको आव २०७७/७८ र साविकको यूनियन लाइफ इन्स्योरेन्सको आव २०७७/७८ का लागि पारित क्रमश १३.२७ र ८.९७ प्रतिशत बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको हो।
रकम जम्मा गरेपछि मात्रै बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिने पनि कम्पनीले जनाएको छ। कम्पनीले उक्त रकम कम्पनीको खाता रहेको नेपाल इन्भेष्टमेष्ट बैंक वा कनेक्ट आइपिएसमार्फत जम्मा गर्न सकिने जनाएको छ।
केही शेयरधनीहरुले अहिलेसम्म रकम नतिरेकाले यथासीघ्र तिर्न कम्पनीले आग्रह गरेको हो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया