शिखर इन्स्योरेन्सको साधारण सभा आज, छैन लाभांश वितरणको प्रस्ताव
- BFIS News
- 2024 Mar 22 08:49
काठमाडौं । आज शिखर इन्स्योरेन्सको साधारण सभा बस्दै छ। कम्पनीले लाभांश वितरणको कुनै प्रस्ताव समावेश गरेको छैन।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुँदैछ। सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षणसहितको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
साथै, संस्थापक समूह ‘क’ का शेयरधनीबाट तीन जना र सर्वसाधारण समूह ‘ख’ बाट एक जना संचालकको निर्वाचन गर्ने र कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने एजेण्डा रहेका छन् ।
सभा प्रयाजनार्थ कम्पनीले फागुन २७ गते देखि बुक क्लोज गरिसकेको छ । जस अनुसार फागुन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया