युनाइटेड अजोड इन्स्योरेन्सको करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
- BFIS News
- 2024 Mar 26 08:56
काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सले १ लाख ४९ हजार ११६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले संस्थापक शेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर बिक्रीमा ल्याएको हो।
यस शेयरमा हाल संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयरको मूल्य प्रतिकित्ता २७० रुपियाँ तोकिएको छ। त्यस्तै, न्यूनतम पाँच हजार कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सीटीसी मल सुन्धारा काठमाडौंमा खरिद गर्न चाहेको कित्ता संख्या खुलाई आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया