NIMB Header 2
Nepal Life

गोली प्रहार गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ 

National Life
  • BFIS News
  • 2023 Aug 03 18:03
गोली प्रहार गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ 
Sanima Reliance

काठमाडौं । सुनसरी, ईटहरी उपमहानगरपालिका-२० सेउती पुलमा मोरङ बिराटनगर महानगरपालिका-५ कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीको गोली प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई अटोमेटिक चाईनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान,  खुकुरी २ थान, औठी १ थान र गोलीको खोका १ थानसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

Shikhar
NIMB

पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-१ का ३५ बर्षीय दिपक तिमिल्सिना र सुनसरी धरान उपमहानगरपालिका-१० का  ३४ बर्षीय अनसन राई रहेका छन् । उनीहरूले उक्त पुलमा धरानबाट ईटहरीतर्फ जाँदै गरेको को.३२ प १७९६ नम्बरको मोटरसाइकल चालक रोहित र मोटरसाइकलमा सवार विराटनगर महानगरपालिका-३ की सुमना खत्रीलाई साउन ५ गते साँझ पेस्तोल तथा खुकुरी देखाई जबरजस्ती लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी फरार भएका थिए ।

गम्भीर घाइते भएका चौधरीको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको थप अनुसन्धानको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, ईलाका प्रहरी कार्यालय ईटहरी समेतबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई धरान पुतली लाइनबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा असार ८, २३ र ३१ गते धरानको छुट्टाछुट्टै स्थानमा भएका श्रृङखलाबद्ध लुटपाटमा समेत उनीहरूको संलग्नता रहेको खुल्न आएको छ । पक्राउ परेकामध्ये तिमिल्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी २ महिना अगाडि छुटेको र तामाङ लागूऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेको तथा दुवै जना लागूऔषध दुर्व्यसनी रहेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरू उपर १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया