NIMB Header 2
Nepal Life

पहिलो लाइभ सोका लागि जावेद अली नेपालमा

National Life
  • BFIS News
  • 2023 Aug 03 20:36
पहिलो लाइभ सोका लागि जावेद अली नेपालमा
Sanima Reliance

काठमाडौं । चलचित्र ‘रकस्टार’ को ‘कौन फाया कौन’ चलचित्र ‘गजनी’ को ‘गुजारिश’ चलचित्र ‘रांझना’ को ‘तुम तक’ चलचित्र ‘बजरंगी भाईजान’ को ‘तु जो मिला’ लगायतका ५०० भन्दा धेरै हिन्दी गीतका प्लेब्याक गायक जावेद अली नेपाल आइपुगेका छन् । शुक्रबार प्रिभे नेपाल, द सोल्टी काठमाडौंमा आफ्नो प्रस्तुतिको लागि उनी काठमाडौँ आइपुगेका हुन । उनको नेपालमा हुने यो पहिलो प्रस्तुति हो ।

Shikhar
NIMB

उस्ताद हमिद हुसेनका छोरा जावेद सानै उमेरदेखि लोकप्रिय कव्वाली गायनको वातावरणमा हुर्केका थिए । विभिन्न संगीत प्रतियोगिताहरुमा भाग लिएर, उनले आफ्नो गायन कलालाई अझै निखारे र अन्ततः उनी बलिउडमा जमे ।

लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको जावेद अली लाइभ इन नेपालका लागि उनी नेपाल आएका हुन् । भोलि शुक्रबार हुने उनको प्रस्तुती हेर्न माईपे डिजिटल वालेटबाट टिकेट लिन सकिने माईपेले जनाएको छ । संगित प्रेमिहरु उनको प्रस्तुती हेर्न अत्यन्त उत्साहित देखिएका छन् ।

टिकट काट्नको लागि यो लिङ्क क्लिक गर्नुहोस् 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया