NIMB Header 2
Prabhu Mahalaxmi

ऊर्जा उत्पादकलाई इन्करेज गरेर विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा सरकार

United Ajod
  • BFIS News
  • 2024 Jul 29 09:25
ऊर्जा उत्पादकलाई इन्करेज गरेर विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा सरकार
IME LIFE


काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा रहेको बताएका छन्। आइतबार मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) सँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।

Nepal Life
NIMB

उनले विद्युत उत्पादनलाई बढाइ, धेरै भन्दा धेरै स्वदेशमै उपभोग बढाउने र बचेको विद्युत निर्यात गर्ने नीतिका साथ सरकार अघि बढेको बताए। उनले ऊर्जा उत्पादकलाई डिस्करेज गर्नेतर्फ नभई इन्करेज गरेर अघि बढ्ने बताए।

उनले भने, ‘‘सरकारको पनि नीति र मेरो आफ्नो दृष्टिकोण पनि के हो भने हामीले ऊर्जा उत्पादकलाई डिस्करेज होइन इन्करेज नै गर्नुपर्छ।अहिलेको सभ्यताको, जीवनस्तरको, ह्युमन डेभलपमेण्ट इण्डेक्सको मापन गर्ने एउटा महत्त्वपूर्ण आधार परक्यापिटा इनर्जी कन्जुम्सन कति छ भन्ने पनि होला। कति डलर कमाउँछ भनेको जस्तै कति बिजुली खपत गर्छ ? भनेर पनि हेरिन्छ।त्यो पनि बढाउनुपर्ने छ। अर्को कुरा विद्युत उत्पादन गरी, अत्यधिक मात्रामा उपभोग गरेर बचेको बिजुली बेच्ने हाम्रो नीति हो।त्यसैले बिजुली पुग्यो भन्ने ठाउँमा हामी छैनौं। अहिले पनि कहिले ल्याउनुपर्ने र कहिले बेच्नसक्ने अवस्थामा छौँ।’’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले ऊर्जा उत्पादकहरूलाई आफ्नो मनोबल बढाइ विद्युत उत्पादनमा लाग्न आग्रह गरे।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया