NIMB Header 2
Prabhu Mahalaxmi

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२.९१ प्रतिशत उत्तिर्ण

United Ajod
  • BFIS News
  • 2024 Aug 02 12:26
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२.९१ प्रतिशत उत्तिर्ण
IME LIFE

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तिर्ण (ग्रेडेड) भएका छन्।

Nepal Life
NIMB

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९० हजार ८६८ र ग्रेडवृद्धितर्फ १ लाख १९३ जना विद्यार्थीले परीक्षा आवेदन भरेकामध्ये २ लाख ३१ हजार २३६ विद्यार्थीले ग्रेड प्राप्त गर्न सफल भए अर्थात् उत्तीर्ण भएका छन्।

१२२ जनाको परीक्षा रद्द भएको छ भने १२ हजार ६७२ परीक्षार्थी अनुपस्थित रहे।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका परीक्षार्थी सहभागि भएका थिए।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेभसाइट र नेपाल टेलिकमको वेभसाइटबाट हेर्न सकिन्छ। यस्तै NEBटाइप गरी एक स्पेस दिएर सिम्बोल नम्बर राखि नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि हेर्न सकिन्छ। १६०१ मा फोन गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। यस्तै स्टार १६०१ ह्यास डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्छ।

 

 

 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया