NIMB Header 2
Nepal Life

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई एशियन अवार्ड,  ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गरिने

National Life
  • BFIS News
  • 2023 Aug 16 21:51
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई एशियन अवार्ड,  ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गरिने
Sanima Reliance

काठमाडौं । चौधरी ग्रुपकाअध्यक्षएवं सांसदविनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफदिइयर २०२३’ बाट सम्मानगर्ने भएको छ । दुबई स्थित म्यूजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथीहरूका वीच हुने एक भब्य समारोहमा यस अवार्डबाट चौधरीलाई सम्मान गर्ने कार्यक्रम छ ।

Shikhar
NIMB

एशियन अवार्डले व्यवसाय,कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामाउत्कृष्ट योगदान पु¥याउने प्रतिभालाई सम्मानगर्दै आएको छ ।यस अवार्डबाट यसअघि आर्ट अफलिभिङका सस्थापकश्री श्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी,अभिनेता ज्याकी च्यानल गायत सम्मानित भएका छन् ।

नेपालका एक मात्र फोब्र्समा सुचिकृत अर्वपति उद्योगी एवं समाजसेवी चौधरीले फाउन्डेसन मार्फत नेपालमा प्रभावकारी रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् । नेपालमा सन् २०१५ मा गएको महाभुकम्पका समयमा भूकम्प पीडितका लागि करिव तीन हजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरुलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ओटा पक्की घर निर्माण गरेको थियो । भुकम्पका बेलामा गरेको योगदानमाथि फोब्र्स एसियाले विनोद चौधरीको कभर स्टोरी छापेको थियो ।

विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरु भएको कोभिड महामारी पश्चात कोभिड प्रभावित सर्वसाधारण नेपाली नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माण गरि सञ्चालनमा ल्याएको थियो । कोभिड महामारीको समयमा आईसियू बेडको अभावमा उपचार गर्न नपाएका सर्वसाधारण नागरिककालागि उक्त बार्ड निर्माणले ठूलो राहत पुगेको थियो । फाउण्डेसनले कान्तिबाल अस्पतालको आकस्मिक वार्ड (इमर्जेन्सी वार्ड)निर्माण गरि हस्तान्तरण गरेको थियो । त्यस्तै, चौधरी फाउन्डेसनले सरकारलाई पिसिआर रिएजेन्ट र भेन्टिलेटरहरू पनि सहयोग गरेको थियो ।अहिले चौधरी फाउण्डेसन नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय अस्पतालहरुको गुणस्तर अभिवृद्धि गरि स्थानीय नागरिकले घर नजिकै गुणस्तरीय सेवा पाउने वातावरण बनाउन लागिरहेको छ ।

चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपत व्यवस्थापन, उद्यमशिलता विकास, सीप र जीविकोपार्जन, महिला सशक्तिकरण, आध्यात्मिक एवं सम्पदा संरक्षण क्षेत्रमा काम गर्दै आएको छ ।

चौधरी एक सफल नेपाली उद्योगी, लेखक, राजनीतिज्ञ तथा समाजसेवी हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी नवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद रहेका छन् । अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त चौधरीको आत्म कथा विश्वका विभिन्न सात भाषामा प्रकाशित छ ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया