NIMB Header 2
Nepal Life

ग्लोबल आइएमई र बीओके क्यापिटल मर्ज पछि शुरु गरे एकीकृत कारोबार

National Life
  • BFIS News
  • 2023 Aug 22 15:16
ग्लोबल आइएमई र बीओके क्यापिटल मर्ज पछि शुरु गरे एकीकृत कारोबार
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र बीओके क्यापिटल एक आपसमा मर्जर भइ आजदेखि एकिकृत कारोबार सुरु गरेका छन् । 


 

Shikhar
NIMB

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू मर्ज भए सँग दुबैका सहायक कम्पनीका रुपमा रहेका मर्चेन्ट बैंक पनि मर्ज भएका हुन् । दुई बैंक मर्ज भई २०७९ पुस २५ गतेदेखि एकिकृत कारोबार शुरु गरेका थिए । 

ग्लोबल आइएमई क्यापिटलका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षतामा सम्पन्न भएको एकिकृत कारोबारको शुभारम्भ कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेमेश हमाल, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायत बैंकका कर्मचारी, नियामकीय निकाय नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया