NIMB Header 2
Prabhu Mahalaxmi

शाओमी नेपालको दशैं अफरः “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार”

United Ajod
  • BFIS News
  • 2024 Oct 02 17:15
शाओमी नेपालको दशैं अफरः “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार”
IME LIFE

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले यो वर्षको दशैंलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” घोषणा गरेको छ । यस क्याम्पेनमा ग्राहकवर्गले कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिदमा दैनिक पुरस्कार जित्ने मौका पाउनेछन् । 

Nepal Life
NIMB

यस क्याम्पेन अन्तर्गत हरेक दिन पाँच जना भाग्यशाली विजेताहरूले रेड्मी बड्स ५ ए  जित्नेछन् भने चार जना विजेताहरूले रेड्मी वाच ५ एक्टिभ जित्नेछन् । यस क्याम्पेनको मुख्य आकर्षण भनेको हरेक दिन एक जना भाग्यशाली विजेतालाई थाइल्यान्ड ट्रिप रहेको छ । 

यस रोमाञ्चक अफरमा सहभागी हुनका लागि ग्राहकहरूले असोज १५ देखि असोज २४ सम्मका कुनै पनि शाओमी वा रेड्मी ब्राण्डका स्मार्टफोन खरिद गर्नुपर्नेछ भने खरिदपछि उक्त स्मार्टफोनको आईएमइआई वान नम्बरलाई ३६००० मा एस एम एस  पठाउनु पर्नेछ । एसएमएस पठाउँदा MI<Space>IMEI 1 Number टाइप गरी ३६००० मा पठाउनुपर्नेछ ।

क्याम्पेनबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भनिन्, “हामी यस दशैंको उत्सवलाई अझ विशेष बनाउन ‘दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ क्याम्पेन ल्याउँदा अत्यन्त उत्साहित छौं । यसले हाम्रा ग्राहकहरूलाई रोमाञ्चक पुरस्कारहरुका साथै थाइल्यान्ड यात्रा गर्ने अवसर पनि प्रदान गर्नेछ ।”

साथै ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा रु. ४००० सम्मको छुट पाउँन  सक्ने  कम्पनीले बताएको छ । उक्त  विशेष अफर भाद्र ३० देखी कार्तिक ३० सम्म लागु हुने छ ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया