Nepal Life

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना, ५ लाखदेखि २ करोडसम्म कर्जा

NMB Bank
  • BFIS News
  • 2024 Oct 03 04:44
नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना, ५ लाखदेखि २ करोडसम्म कर्जा
United Ajod

काठमाडौं। सरकारी स्वामित्वको नेपाल बैंकले बजार मागबमोजिम बैंकिङ बजारमा सर्वाधिक न्यून ब्याजदर ७.७० मा नेपाल बैंक सर्वसुलभ आवास कर्जा ल्याएको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल बैंक सर्वसुलभ आवास कर्जाअन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जीर्णोद्धार तथा अन्य बैंकको कर्जा खरिद र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन्।

बैंकले ५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकेर सेवाशुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गरी ५ लाख रूपैयाँदेखि अधिकतम २ करोडसम्म कर्जा उपलब्ध गराउनेछ।

बैंकले नेपाल बैंक समृद्ध व्यवसाय कर्जा, अटो लोनलगायत विभिन्न कर्जाको ब्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको छ। कर्जा सीमा १० करोड रुपैयाँसम्म रहेको नेपाल बैंक समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत छ भने व्यावसायिक ग्राहकले चालुपुँजी तथा स्थिरपुँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन्।

नयाँ गाडी खरिदका लागि ५ र ७ वर्ष भुक्तानी अवधि राखेर बैंकले प्रवाह गर्ने नेपाल बैंक अटो कर्जाको ब्याजदर हाल ७.७८ प्रतिशत छ। बैंकले हाल २२९ शाखा, ६० एक्स्टेन्सन काउन्टर र २०५ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया