यात्रुको चाप बढेपछि आजदेखि रात्रिकालीन आन्तरिक उडान थालियो
- BFIS News
- 2024 Oct 03 08:43
काठमाडौं। बाढीपहिरोका कारण यात्रुको चाप बढेपछि आजदेखि रात्रिकालीन आन्तरिक उडान हुने भएको छ। उडान चापलाई मध्यनजर गर्दै घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन आन्तरिक उडान सञ्चालन हुने भएको हो।
आजदेखि बिहान साढे ४ बजेबाटै आन्तरिक उडान थालिएका छन्। राति १२ बजेसम्म उडान हुनेछन्।
बाढीपहिरोले सडक अवरुद्ध भएपछि हवाई उडानमा निकै चाप बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको ठूलो भिड लागेको हुन्छ।
देशभरका मुख्य राजमार्गसहित सडक पूर्वाधार क्षतविक्षत भएपछि दैनिक ५ सयभन्दा बढी आन्तरिक उडान भइरहेको छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया