Nepal Life

त्रिशूलीमा बस दुर्घटना, आठ जनाको मृत्यु

RBB
  • BFIS News
  • 2023 Aug Wed 14:06
त्रिशूलीमा बस दुर्घटना, आठ जनाको मृत्यु
Shikhar detail

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो ।

NIMB

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म आठ जनाको शव निकालिएको छ । साथै १७ जनाको जीवितै उद्धार गरिएको छ । बस दुर्घटनाका घाइते सबैलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन हुन बाँकी छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार