NIMB Header 2
Nepal Life

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने दुई जना पक्राउ,लक्की ड्रमा आईफोन जितेको भन्दै पैसा माग

National Life
  • BFIS News
  • 2023 Aug 24 18:31
सामाजिक सञ्जाल मार्फत ठगी गर्ने दुई जना पक्राउ,लक्की ड्रमा आईफोन जितेको भन्दै पैसा माग
Sanima Reliance

काठमाडौं । विभिन्न सामाजिक सञ्जालमार्फत रकम ठगी गरेको अभियोगमा २ जनालाई नेपाल प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा बहुदामाई नगरपालिका-८ बस्ने ३० वर्षीय राज कुमार पण्डीत र रौतहट कटहरीया नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश कुमार यादव रहेका छन् । 

Shikhar
NIMB

सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्सएपमा जमजम ईलेक्ट्रोनिक्स मार्फत लक्की ड्रमा आईफोन जितेको र कस्टम क्लियरेन्सको लागि पैसा पठाउनु पर्छ भन्दै पीडित महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा उनीहरुको संलग्नता रहेको खुल्न आएपछि उनीहरुलाई ललितपुर, कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरेको हो । उनीहरुबाट नगद ४९ लाख ९५ हजार रुपैयाँ, मोबाईल ७ थान, सिम १ सय ८३ थान, एटिएम कार्ड १२ थान र राउटर १ थान प्रहरीले बरामद गरेको छ । 

उनीहरु उपर विद्युतीय माध्यम सम्बद्ध ठगी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

पक्राउ प्रतिवादीहरूको विवरण

नाम: राज कुमार पण्डीत

उमेर : बर्ष ३०

ठेगाना: जिल्ला पर्सा बहुदामाई नगरपालिका वडा नं. ८

नाम: उमेश कुमार यादव

उमेर: वर्ष २१

ठेगाना: जिल्ला रौतहट कटहरीया नगरपालिका वडा नं. १

बरामद गरिएका नगद तथा उपकरणहरूको विवरण

-------------------------------------------------

नगद: रु ४९,९५,०००।– (उन्पचास लाख पन्चानव्वे हजार) ।

मोवाइल: थान ७ (सात) ।

सिम: थान १८३ (एक सय त्रीयासी) ।

एटिम कार्ड: थान १२ (बाह्र) ।

राउटर : थन १ (एक) ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया