NIMB Header 2
Prabhu Mahalaxmi

समता घरेलुको एफपिओमा १४ लाख ३२ हजारको आवेदन, १३ लाख ९७ हजार ३३० जनाको हात खाली हुने

United Ajod
  • BFIS News
  • 2024 Nov 05 18:18
समता घरेलुको एफपिओमा १४ लाख ३२ हजारको आवेदन, १३ लाख ९७ हजार ३३० जनाको हात खाली हुने
IME LIFE

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपिओमा १४ लाख ३२ हजार ४२० जनाले आवेदन दिएका छन् । संस्थाले तीन करोड ५० लाख ९० हजार ४०० रुपैयाँको लागि आह्वान गरेको एफपिओमा २ अर्ब १३ करोड रुपैयाँका लागि आवेदन परेको छ । 

Nepal Life
NIMB

संस्थाले गएको कार्तिक १२ गतेदेखि आज २० गतेसम्म सार्वजनिक निष्काशन गर्दा अधिकाम्स लगानीकर्ताले आवेदन दिएनन् । यस भन्दा अगाडी प्रिमियममा आइपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको आइपिओमा १० लाख १२ हजारले आवेदन दिएका थिए । त्यसभन्दा अगाडी हिमालयन रि इन्स्योरेन्सले पनि प्रिमियमा निष्काशन गरेको आइपिओमा १५ लाख ७३ हजारले आवेदन दिएका थिए । 

हिमालयन भन्दा अगाडी नेपाल वेयर हाउजिङको आइपिओमा भने १२ लाख ७६ हजारले आवेदन दिएका थिए । मुक्तिनाथ कृषि कम्पनीमा १३ लाख ४० हजार, भिजन लुम्बिनी उर्जामा ११ लाख ९४ हजारको आवेदन परेको थियो । कुनै समय उपकार लघुवित्तको शेयरमा २४ लाख ३१ हजारको आवेदन परेको थियो । जाल्पा सामुदायिक लघुवित्तको शेयरमा २७ लाख ६ हजारको आवेदन परेको थियो । 

पछिल्लो समय प्रिमियममा आइपिओ जारी गर्ने परिपाटीले धेरै लगानीकर्ताले आइपिओ भर्न छाडेका छन् । अर्को तर्फ नियमित रुपमा आइपिओ नपर्दा पनि लगानीकर्ताहरुले वेवास्था गर्ने गरेका छन् । 

समताले पनि यस पटक ३ लाख ५० हजार ९०४ कित्ता मात्रै निष्काशन गरेकाले यसबाट ३५ हजार ९० जना मात्रै शेयरधनी बन्न सक्नेछन् । यस बाहेक १३ लाख ९७ हजार ३३० जनाको हात खाली हुनेछ । सुरुवाति दिनमा खासै आवेदन नपरे पनि अन्तिम दिनमा भने उल्लेख्य मात्रामा आवेदन परेको छ ।  

लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गरेको हो।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा पुग्नेछ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया