सिटिजन्स म्युचुअल फण्ड दुईको प्रतिफल घोषणा, बुक क्लोज कहिले ?
- BFIS News
 - 2023 Aug 27 10:48
 
                    
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड दुईले प्रतिफल घोषणा गरेको छ । फण्डले यस वर्ष इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश दिने भएको हो ।
सिटिजन्स क्यापिटलको भदौ ७ गते बिहीबार दिनको ४ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लागि सिटिजन्स बैंकद्धारा प्रवर्द्धन गरिएको तथा सिटिजन क्यापिटलद्धारा व्यवस्थापन गरिएको सिटिजन म्युचुअल फण्ड दुईले इकाइधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले हुन आउने ४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त नगद लाभांश वितरण प्रयोजनार्थ आगामी भदौ १९ गते इकाईधनी दर्ता किताव बन्द गरिने भएको छ । भदौ १८ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्ने छन् ।
                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया