NIMB Header 2
Prabhu Mahalaxmi

एचआईडिसिएलले गर्यो लाभांश घोषणा, हरेक वर्ष बैंकको व्याजदर भन्दा पनि कम प्रतिफलमा चित्त बुझाउदै शेयरधनी

United Ajod
  • BFIS News
  • 2024 Dec 11 10:45
एचआईडिसिएलले गर्यो लाभांश घोषणा, हरेक वर्ष बैंकको व्याजदर भन्दा पनि कम प्रतिफलमा चित्त बुझाउदै शेयरधनी
IME LIFE

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गएका वर्षमा झै यस वर्ष पनि बैंकको व्याजदर भन्दा पनि कम दरमा शेयरधनीलाई लाभांश वितरण गरेको हो । 

Nepal Life
NIMB

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल सरकारबाट स्वीकृती प्राप्त गरी आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

कम्पनीले सो लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते, बुधबार तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया